
काठमाडौं । सरकारले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रो पटक उपाधि हासिल गरेको नेपाली टोलीका खेलाडीलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’को प्रस्ताव अनुसार महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतिखेलाडी ५ लाख दिने निर्णय गरिएको हो । खेलाडीसँगै प्रशिक्षकलाइ पनि समान ५ लाख दिने सरकारले निर्णय गरेको छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री गहतराज लगायतले राष्ट्रको प्रतिष्ठा उचो बनाउने नेपाली महिला टोलीलाई बधाई दिएका थिए ।
नेपालले मंगलबार बंगलादेशको ढाकामा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधी रक्षा गर्न सफल भएको थियो । यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधी जितेको थियो ।
यसपटकको च्याम्पियनसिपमा श्रीलंका र उज्वेकिस्तान थपिँदा नेपालले दुवै टोलीसँग समान २–२ सेट गरी ४ सेट गुमाउन पुगेको थियो । नेपालले १८ सेट आफ्नो पक्षमा पारेको थियो । पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदकविहीन बन्न पुगेको थियो ।
















































। १४ पुष २०७८, बुधबार