अर्थमन्त्रीबाट खतिवडाले दिनुभयो राजीनामा, भोलि फेरि नियुक्त हुने

1140x725

काठमाडौं । डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिनु भएको छ । राष्ट्रियसभा सदस्य पदको अवधि सकिएपछि उहाँले आज मंगलबार पदबाट राजीनामा दिनुभएको हो । खतिवडा सहित १९ जना राष्ट्रियसभा सदस्यको पद मंगलबार सकिएको छ ।

दुई वर्षे कार्यकाल सकिएपछि स्वतः पदमुक्त भएका खतिवडा अर्थ मन्त्रालय पुगेर पदबाट समेत राजीनामा दिनु भएको थियो । आज राजीनामा दिनुभएका खतिवडालाई भोलि शपथ गराउने तयारी छ । सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ ।

सांसद नभई मन्त्री नियुक्त भएमा मन्त्रीले ६ महीनाभित्र सांसद पदको शपथ लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। ६ महीनाभित्र सांसद नभए मन्त्री पद स्वतः गुम्नेछ ।

नेकपाले खतिवडाको ठाउँमा उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गर्ने निर्णय गरेको छ । तर, पार्टीभित्रको विवादले अनिश्चित नै छ ।

तपाईको प्रतिक्रिया