‘माओवादी केन्द्रको महासचिव शक्ति बस्नेत हुनुपर्छ’


नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौमा यति वेला चलिरहेको छ । आईतबार बाट शुरु भएको महाधिवेशन पाँच दिन सम्म चल्ने जनाईएको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । विभिन्न समुह बनाई नेतृत्व, राजनीतिक विचार, निती, विधीको छलफल भईरहेको छ । अध्यक्षमा पुष्पकमल दाहाल ( प्रचण्ड) को विकल्प अर्काे छैन् ।

तर अन्य पदाधिकारीका लागि भने निकै प्रतिस्पर्धा हुने देखिन्छ । वाईसीएल जाजरकोटका संयोजक लोकेन्द्रजंग रानाले आठौं महाधिवेशन बाट महासचिवमा शक्तिबहादुर बस्नेत हुनुपर्ने माग गरेका छन् । उनले हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै पार्टीको केन्द्रीय महासचिवमा शक्तिबहादुर बस्नेत हुनेपर्ने माग गरेका हुन् ।

जाजरकोटी जनता, यूवा, विद्यार्थी, महिला तथा कर्णाली भुगोलका एक भरोसाको केन्द्रविन्दु भएकोले महासचिव कर्णाली बाट बस्नेतले पाउनुपर्ने दावी गरे । महाधिवेशनले उच्च मुल्यांकन सहित सम्मानजनक तरिकाले बस्नेतलाई स्थान दिने कुरामा विश्वस्त रहेको समेत रानाले बताए । उनले भने, ‘जनयुद्धकाल देखि जाजरकोटी जनताले गरेको योगदान निकै अमुल्य रहेको छ, जहाँ ३ सय ३४ सहिद हजारौं घाइते दर्जनौं बेपत्ता भएको जिल्ला हो ।’

शान्ती प्रक्रिया देखिका हरेक चुनावी मोर्चामा विजयी हासिल गर्दै आएको र जनताको मन मुटुमा बस्न सफल दीर्घकालीन सोच र भबिस्य बोकेको एउटा जिउँदो सहिद भएकोले पार्टीले उचित मुल्यांकन गर्ने समेत बताए ।

पार्टीले दिएको जिम्मेवारीलाई शिरमा राखी सधैं हाम्रो पार्टी माओबादी केन्द्रलाई पुर्ण सफलता तर्फ लैजान सफल भुमिका निर्वाह गर्दै आएका बस्नेतले महासचिव पाएमा पार्टीलाई अझै चलायमान राख्न, बलियो बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेशकै लोकप्रिय नेता, भविष्यको कर्णाधार, संघीय सरकारको मन्त्रीमण्डलमा गएर सिंगो देश हाक्न सक्ने क्षमता भएका नेता बस्नेतलाई पार्टीले स्वंय मुल्यांकन गर्नुसमेत बताए ।

बस्नेत जस्ता नेताहरुले पार्टीको महासचिव पाएमा समाजवाद हुदै साम्यवादी व्यस्थामा जान पार्टीलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । कर्णाली बाट केन्द्रीय महासचिवमा शक्तिबहादुर बस्नेतलाई स्थान दिनुपर्ने रानाले बताए ।

तपाईको प्रतिक्रिया