एमाले पार्टी कार्यालय जुम्लामा पुरुषको शव फेला


जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जुम्ला पार्टी कार्यालयमा एक पुरुषको शव फेला फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–१ का ५६ वर्षीय सेते कुलाल निर्माणाधीन पार्टी कार्यालयमा मृत भेटिएका हुन् ।

कुलालको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया