बिलियन क्लबमा ‘स्पाइडर म्यान’

काठमाडौं : हलिउड फिल्म ‘स्पाइडर म्यानः नो वे होम’ बिलियन क्लबममा प्रवेश गरेको छ। विश्वभर प्रदर्शन भइरहेको फिल्मले दोस्रो हप्तामै १ बिलियन डलरभन्दा बढीको कमाइ गर्न सफल भएको हो।

‘स्पाइडर म्यान’ले बक्स अफिरमा थुप्रै कीर्तिमान बनाएको छ। दुई हप्ता पनि पूरा नहुँदै फिल्म कोरोना महामारी सुरु भएयताको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ। साथै फिल्मको इतिहासमै सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा उत्कृष्ट ४० भित्र पर्न सफल भएको छ।

१७ डिसेम्बरदेखि विश्वव्यापी प्रदर्शन सुरु गरेको स्पाइडर म्यानले १ बिलियन ५५ मिलियन डलरमाथिको कारोबार गरिसकेको छ।

यही गतिमा गइरहे ‘स्पाइडर म्यान’ले अरू धेरै कीर्तिमान बनाउने अनुमान गरिएको छ। धेरै कमाउने फिल्मको सूचीमा ‘स्पाइडर म्यान’ले ‘द डार्क नाइट’, ‘जुरासिक पार्क’, ‘अलादिन’ जस्ता फिल्मलाई पछि छोडिसकेको छ।

उक्त सूचीको पहिलो नम्बरमा २००९ मा प्रदर्शनमा आएको ‘अवतार’ रहेको छ भने दोस्रो र तेस्रोमा क्रमशः २०१९ को ‘एभेन्जर्स इन्डगेम’ र १९९७ को ‘टाइटनिक’ रहेका छन्।

शीर्ष स्थानमा रहेको ‘अवतार’को ग्रस कलेक्सन २ दशमलव ४५ बिलियन डलर रहेको छ।

तपाईको प्रतिक्रिया