पाँच दिने पोतेवुनाई तालिम सम्पन्न

खलंगा । जिल्लाको भेरी नगरपालिका ९ कालाभूरमा सञ्चालन गरिएको पाँच दिने पोतेवुनाई तालिममा सम्पन्न भएको छ । वातावरणीय कृषि तथा विकास केन्द्रको सहयोग, वडा कार्यालय, दीपेन्द्र माद्यामिक विद्यालयको समन्वय र बहुआयामिक विकास तथा अध्ययन मञ्चको आयोजनामा सञ्चालित तालिम सम्पन्न भएको हो ।

महिला, किशोरी तथा बालअधिकार अन्तर्गत गत पौष ७ गते देखि ११ गते सम्म सञ्चालित भएको थियो । कार्यक्रममा आयआर्जनका लागि दोश्रो चरणको ५ दिने पोतेवुनाई शीप विकास तथा जीवन उपयोगी शीप विकास, ३ दिने कार्यशाला र असल अभिभावकत्व विषयक सरोकारवाला वीच अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भएका छन् ।

सवै कार्यक्रमहरुवाट शिक्षण सिकाई उपलव्धीको विकास र आयआर्जनमा सहयोग पुग्ने विश्वास लिईएको छ । कार्यक्रममा वातावरणीय कृषि तथा विकास केन्द्रका महिला सशक्तिकरण अधिकृत जानकी घर्ति, वहुआयामिक विकास तथा अध्ययन मञ्च, जाजरकोटका कार्यक्रम संयोजक भीमा कार्की, वाल अभियानी सहजकर्ता मनिषा वली, लेखा सहायक सुस्मिता वि.क.ले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया