स्मरण : रेडक्रसमा लागेपछि….


नमस्कार ! मेरो नाम सन्तोष नेपाली । मेरो घर भेरी नगरपालिका ७ पुन्मा, जाजरकोट हो । म अहिले कक्षा १२ मा व्यवस्थापन सङ्कायमा श्री त्रिभुवन माद्यामिक विद्यालय भेरी नगरपालिका ३, खलंगा, जाजरकोटमा अध्यनरत छु । सोही विद्यालयको युवा रेडक्रस सर्कलको एकाई समितिको सचिव भएको कुरा पनि अवगत गराउँदछु ।

सुरुवातिमा जब वि.स. २०७८ साल मंसिर १० गते नेपाल रेडक्रस सोसाइटी (जिल्ला शाखा) जाजरकोटका स्वयंसेवक आदरणीय सर श्री भीमबहादुर साउद हाम्रो विद्यालयमा युवा रेडक्रस सर्कलको समिति गठन गर्न आउनुभयो, तब उहाँहरु समिति गठन तर्फ लाग्नुभयो र म पनि सचिव पदमा नाम लेखाएको थिए अनि अन्य २÷३ जना साथी पनि उक्त सचिव पदमा आफ्नो नाम लेखाउनु भएको थियो ।

विस्तारै हामी पनि सचिव पदमा नाम लेखाएका ३÷४ जना भयौं । अनि कुरा आयो हामी मध्ये कसले नेतृत्व गर्ने ? हामी बिच धेरै छलफल भयो । उहाँहरु कसैले पनि मान्नु भएन, बिस्तारै एक÷ दुई जना साथीले मेरो कुरालाई समर्थन गर्नुभयो र उहाँहरुले त्यो पदबाट पछि हट्नुभयो अनि एक जना साथी हुनुहुन्थ्यो, उहाँले त झन् मान्दै मान्नु भएन ।

उहाँ कक्षा ११ मा पढ्नुहुन्थ्यो । मैले उहाँलाई के भने भन्दाखेरी, “हेर्नुस् तपाईं अहिले कक्षा ११ मा पढ्दै हुनुहुन्छ, म कक्षा १२ मा पढ्छु । अब मेरो समय पनि अलिकति छ, त्यसैले कृपया तपाईं अर्को वर्ष कक्षा १२ मा तपाईंले नै यो सचिव पद सम्हाल्नुहोला ।” यति भन्दा पनि उहाँले मान्नुभएन अनि बिस्तारै आफैं त्यो कुरामा समर्थन जनाउनुभयो र म पनि बडो मुस्किलका साथ यो अवसर प्राप्त गरे । अनि अन्त्यमा हामी सबै ११ जनाको कार्य समिति गठन गरियो ।

अनि हामी सबै कलेज सकिएपछि नेपाल रेडक्रस सोसाइटी जाजरकोटको कार्यालयमा उपस्थित भयौं । त्यतिबेला हामी सबैजना उपस्थित थिएनौं , कार्यसमिति मध्ये ६÷७ जना साथीहरू मात्र उपस्थित थियौ । अनि हामीले विभिन्न प्रस्तावनाहरु पारित गरियौ । दिनहरु बित्दै गए हामी पनि नियमित रुपमा आफ्ना कार्यहरू सञ्चालन गर्दै गयौं ।

जब मंसिर १७ गते शुक्रबार आयो नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको सहयोग तथा कोभिड– १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम (आइ.एफ.आर.सि.) जाजरकोटको सहकार्य र युवा रेडक्रस सर्कल, श्री त्रिभुवन मा. बि. को आयोजनामा “लैगिंक हिंसा न्यूनीकरणका लागि विद्यार्थीको भुमिका” भन्ने शिर्षकमा बक्तृत्वकला प्रतियोगिता सु– सम्पन्न ग¥यौ । अझै पनि ती यादहरु झल्झली आइरहन्छन् ।

अनि बिस्तारै दिन बित्दै गए, अझ थप हौसला आयो कारण हाम्रो आदरणीय सर भिमबहादुर साउदले “कोरोना भाइरस विरुद्ध जनसचेतनामुलक सडक नाटक कार्यक्रम” सञ्चालन गर्ने कुरा गर्नुभयो । हामी सबै ७÷८ जनाको टिम सडक नाटकका लागि तयारी भयौं । आफू त पहिलो पटक सडक नाटक खेलेको मान्छे । कस्तो कस्तो महसुस भइरहेको थियो, तर मलाई मन देखि लाग्थ्यो कि म अवश्य पनि मलाई जुन जिम्मेवारी दिनुहुनेछ म त्यसलाई पुर्ण रुपमा निर्वाह गर्नेछु ।

हामी सबै दिनदिनै एक हप्तासम्म सडक नाटक सिक्यौ । आफू त पहिलोपटक सडक नाटक खेल्दै थिए अर्कै महसुस भएको थियो तरपनी आदरणीय सर भीमबहादुर साउदको त्यो हस्यौलीपन अनि क्षण क्षणको प्रेरणा, सद्भावले झन् झन् हौसला बढ्दै गयो । बिस्तारै हामी सबैले सडक नाटक सिक्यौ, मलाई त यस्तो लाग्थ्यो कि सडक नाटक भन्ने बित्तिकै अर्कै अर्कै सोच्थे तर पनि भीम सरको त्यो वास्तविकतामा आधारित कथाले झनै लोभ्यायो । अझै काम गर्ने उमंग, उत्साह थपियो ।

अनि हामीले पहिलो सडक नाटक श्री त्रिभुवन मा. बि. खलंगामा प्रस्तुत ग¥यौं । म पनि त्यस नाटकको एक पात्र जनचेतना प्रचार – प्रसार गर्ने एक स्वयंसेवकका रुपमा थिए । त्यो कार्यक्रम पनि एकदमै सान्दर्भिक रह्यो । अझै पनि स्मृतिमा आइरहन्छन्, साथीहरू पासाङ अनि रमितको त्यो अल्लारेपन शैली सम्झदा अझै एक्लै खितीखिती हाँस्न मन लाग्छ । मलाई त्यो पहिलो अनुभवले एकदमै महत्वपूर्ण भुमिका खेल्यो ।

पुनः कार्यक्रम सकिएपछि हामी अन्य दिनहरूमा थाप्ले, ठाँटि, बसपार्क, गैरिखाली हुँदै आसपासका विभिन्न ठाउँहरुमा कोरोना भाइरस विरुद्धको जनसचेतनामुलक सूचना प्रवाह गर्दै सर्वसाधारण जनतालाई मास्क एवम् सेनिटाइजर बितरण गर्दै , विभिन्न सार्वजनिक ठाउँहरुमा पम्पलेट, पर्चा टास्दै जनचेतना जगायौ । अनि दिनहरू बहुतै राम्रा हुँदै गए, पुनः हामी अनाथ आमा बाल आश्रममा गयौं र हामीले त्यहाँका अनाथ बालबालिकासङ्ग खुबै रमायौ ।

उनीहरुलाई त्यो किसिमको दिमाग ताजा बनायौ अनि सङ्गै हाम्रो भिम सरको डान्स अनि पुनः भिम सरको ती बालबच्चालाई आफू निरन्तर कर्ममा लागे अबश्य पनि एकदिन सफलतामा पुगिन्छ भन्दै गरेको त्यो शक्तिपर्द्वक भाषण सुनाउनुभयो ।

मलाई जहाँ सम्म लाग्छ भिम सरको त्यो कुराले उनीहरुलाई अलिकति भएपनि सामर्थ्य उत्पन्न भयो होला । अनि हामीले त्यहाँ सम्पूर्ण लगभग ३६ जना अनाथ बालबालिकालाई मास्क तथा सेनिटाइजर बितरण गर्यौ र उनिहरुलाई कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने विभिन्न उपायहरू अपनाउन अनुरोध ग¥यौ ।

त्यहाँ एउटा मेरो हजुरआमा सरह कि हजुरआमा हुनुरहेछ उहाँले त्यहाँका बालबालिकालाई खुब हेरचाह गर्नुहुने रहेछ, म उहाँको त्यो कामप्रति उच्च सम्मान गर्छु । पुनः हामी सबै त्यहाँबाट लाग्यौं र फेरि अर्को दिन हामीले कारागार कार्यालय जाजरकोटमा भएका कैदीहरुलाई हामी सम्पुर्ण स्वयंसेवकले भिम सरको नेतृत्वमा मास्क एवम् सेनिटाइजर बितरण ग¥यौं ।

दिनहरू खुबै राम्रोसँग बित्न थाले । पुनः हामीले एकदिन नलगाड नगरपालिका जाने निर्णय ग¥यौ । हामी सबै रिम्ना, कालिमाटी हुँदै दल्लितिर लाग्यौं र हामिले कालिमाटी भन्ने ठाउँमा दिउँसोको खाना खायौं र हामी सबै खाना खान तर्फ लाग्यौं , पुनः हामिले खाना खाइसकेपछी हामी कालिमाटीमा कोरोना भाइरस विरुद्ध जनसचेतना जगाउदै मास्क, सेनिटाइजर तथा पम्पलेट बितरण गर्दै हामी दल्ली श्री त्रिभुवन मा. बि. मा पुग्यौं र हामीले त्यहाँ कोरोना भाइरस बिरुद्ध जनसचेतनामुलक सडक नाटक प्रस्तुत ग¥यौ । त्यहाँ पनि एकदमै खुबै रमाइलो भयो ।

त्यहाँ भिम सरको त्यो कमेडी सम्झिने हो भने अझैपनि हाँसो लागेर आउँछ । हामी सबैले त्यहाँ नाटक देखाइसकेपछी पुनः त्यहाँका विद्यार्थी एवम् शिक्षकहरुबाट बिदा मागेर पुनः हामी कालिमाटी तर्फ लाग्यौं । हामीले अलिपर एउटा पुलमा गाडी रोक्यौ र हामिले त्यहाँका केही तस्बिरहरु लियौ, ती तस्बिरहरु अझैपनी ताजै छन् ।

तस्बिर हेर्ने हो भने अझैपनी आफुलाई त्यहीँ छु कि भन्ने महसुस हुन्छ । हामी सबै पुनः रिम्ना तर्फ लाग्यौं र हामीले रिम्नाको पुल नजिकै ओर्लिने निर्णय गरियौ र पुनः हामीले रिम्नाको प्रहरी कार्यालय लगाएतका सम्पुर्ण बजार बासिहरुलाई मास्क तथा पम्पलेट बितरण गर्दै जनचेतना फैलायौ ।

त्यसपश्चात हामी रिम्नाको एउटा एकान्त नाम गरेको होटेलमा नास्ता खानाको लागि प्रबेश ग¥यौं र होटेलमा एउटा अन्टि हुनुहुन्थ्यो, उहालाई हामीले चाउमिन पकाउन अनुरोध ग¥यौ र सुरुमा मैले अन्टिलाई वाइफाइको पासवर्ड हानिदिन अनुरोध गरे र उहाँले पनि पासवर्ड हानिदिनुभयो र अन्य सबै साथीहरूले पनि वाइफाइको पासवर्ड हान्नुभयो । सबैले के– के गर्नुछ गर्यौ, अनि हाम्रो गुरु जि क्या रमाइला मान्छे उहाँ भने चाउमिन नपाक्दै अगाडी नै हतार हतारले चाउमिन हालेर खान लाग्नुभयो, अनि हामी पनि बिस्तारै चाउमिन तयार भयो अनि सबैले खायौं ।

अनि उता भने गुरु जि उहाँले अगाडि नै चाउमिन खानु भको फेरि खाने भन्नुभयो तर चाउमिन थिएन र उहाँले चाउचाउ पकाइदिन अनुरोध गर्नुभयो । उता भने शिखा चाउमिनमै त त्यति खुर्सानी अझै खुर्सानी माग्ने, त्यहाँ सबै मान्छेहरु फरक– फरक म भने खुर्सानी लागेर हैरान भएर भित्र होटले अन्टि सङ्ग गएर खुर्सानीले गर्दा चिनी मागेर खाए ।

सबै क्या मज्जाका रमाइला मान्छे । उता भने भिम सर उहाँको त झन् के पो कुरा गर्नु र ? उहाँ त सधैं चौतर्फी मान्छे बिच्चैमा हसाउने अनि हामिलाई उहाँले एकदमै साथ, सहयोग, प्रेरणा, सद्भाव प्रदान दिदै एउटा कबिता सुनाउनुभयो । क्या गजब !

अनि उता शिखा र सिर्जना उनीहरु त खाली मोबाइलमा बिजि हुने मान्छे । अनि बिस्तारै हामी रमाइलो गर्दै गाडिको हच्याङ, फच्याङ अनि साथीहरूको रमाइलोपन साथमा भिम सरको कमेडी क्या मजा !

अनि उता गुरु जि, उहाँ पनि कति रमाइला मान्छे क्या ! खाली माइक्रोफोनबाट चिच्याउनुहुन्थ्यो त खाली केहि ? हामी सबै रमाइलो गर्दै गयौं अनि बिचैमा एउटा सडकमा हामिले गाडी रोक्यौ अनि हामी सबै सडकमै नाच्न लाग्यौं । भिम सरको त्यो नाचको स्टेप अनि गुरु जिको मादल बाजाउने शैली अझैपनी स्मृतिमा आउँछ । अनि हामी सबै रमाइलो पाराले हामी पुनः खलंगा पुग्यौं अनि सबै आ–आफ्नो कोठातिर लाग्यौं ।

फेरि हामी एकदिन शिबालय गाउँपालिका जाने निधो ग¥यौं । शिबालय गाउँपालिका जाने भनेर सबैजना तयार भयौं तर गाडी भने थिएन कारण भिम सरले नलगाड गएको गाडी लिने भनेर गुरु जि लाई फोन गरेर तयार बनाउनुभएको तर गुरु जिले बेवास्ता गर्नुभएछ हुनत् मान्छेका धेरै समस्या हुन्छन् उहाँलाई पनि केही समस्या थियो कि ?

त्यो केही फरक परेन अनि बिस्तारै भिम सरले ने.रे.सो. जाजरकोटका सभापति हरि बहादुर बस्नेतलाई फोन गर्नुभयो र अर्को गाडी बनाइदिन अनुरोध गर्नुभयो र हरि सरले पनि भिम सरको कुरालाई समर्थन गर्दै अर्को गाडिको व्यवस्था गरिदिनुभयो । हामी सबै ने.रे.सो. कार्यालय जाजरकोटबाट गाडीमा बसेर कुदु पुग्यौं र हामिले त्यहाको बिद्यालयमा सडक नाटक प्रस्तुत गर्ने कुरा गरियौ तर त्यहाँको बिद्यालय देखेर कस्तो कस्तो लाग्छ ।

कारण बिद्यालय १०ः०० बजेभित्रै खुलेर सबै शिक्षक, विद्यार्थीको उपस्थित हुनुपर्ने तर त्यहाँका शिक्षक विद्यार्थीहरुको उपस्थिति साँढे दस होउन्जेलसम्म पनि भएको पाइयो । मलाई यस्तो लाग्यो कि कता, कता अलिकति रिसपनी उठ्यो ? कोहि विद्यार्थी शारीरिक अभ्यास गरिरहेका कोहि भने साँढे दस सम्म आउदै गरेका ? अनि बिस्तारै सबैको उपस्तिथि रह्यो र हामीले शिक्षकहरुको अनुमतिबाट सडक नाटक प्रस्तुत गरियौ र त्यहाँपनि खुबै रमाइलो भयो अनि हामी सबै पुनः रमाइलो गर्दै गाडीमा बसेर छेडा बजार तर्फ अग्रसर भयौं । बिचैमा

हाम्रो गुरु जिले “गाडी चलाउन लागेको सात बर्ष भयो तर मेरो यो पहिलो अनुभव हो” उहाँले भन्नुभयो ! हामी सबै झन उत्साहका साथ शिबालयको एउटा बजारमा पुग्यौं र त्यहाँ भिम सरको साथी कमल बास्तोला भन्ने नाम गरेका साथी हुनुरहेछ ।

हामी सबै त्यहाँ एकछिन ओर्लियौ र एक आपसमा परिचय गरियौ । अनि हामी बिस्तारै शिबालयको विद्यालयमा जाने कुरा गरियौ र भिम सरले कमल सरलाई हामी सङ्गै बिद्यालयमा लिने कुरा गर्नुभयो र हामि सबै गन्तव्य तर्फ लागियौ ।

अनि हामी सबैले पुनः शिबालय गाउँपालिकाको एक बिद्यालयमा सडक नाटक देखायौ । त्यहाँ पनि निकै रमाइलो भयो भिम सरको त्यो माटोमा लछारपछार गर्ने शैली अनि साथीहरूको मनोरञ्जन कायमै भयो अनि हामी सबैजना त्यहाँ सडक नाटक देखाइसकेपछी पुनः खलंगा जाने भनेर फर्कियौ ।

अनि विद्यालय नजिकै एक ठाउँमा हामिले तस्बिरहरु लियौ र हामी सबै पुनः गाडिमा बसेर गन्तव्य तर्फ अग्रसर भयौं । हामी सबै मनोरञ्जन गर्दै एक सडकमा गाडी रोक्यौ अनि हामी सबैजनाले सडकमा नाचेर रमाइलो ग¥यौ । अनि हामी बिस्तारै खलंगा जाने भनेर पुनः गाडिमा बसेर रमाइलो गर्दै गयौं र हामी खलंगा पुग्यौं ।

अन्त्यमा, यसरी एउटा ब्यक्तित्व बिकास, सामाजिक सेवा एवम् सबैमा समान भाव लगाएतका थुप्रै कार्य गर्ने अवसर मिल्यो एकदमै खुशी छु । अबका दिनमा कुनै पनि सामाजिक सेवा गर्ने कार्यमा कदापि पछाडि नहट्ने कुराको प्रतिज्ञा गर्छु ।

सदैव तन, मन र धनका साथ सामाजिक सेवा गर्ने छु । मलाई त यस्तो लाग्थ्यो कि यस्ता सडक नाटक, नेतृत्व लगाएतका थुप्रै कार्यहरु कसरी गर्नेहोला सोचेका पनि थिइन् तर अहिले यसरी कुनै पनि कार्य गर्ने साहस उत्पन्न भएको छ । अबका दिनमा यस्ता कुनैपनी सामाजिक कार्यहरु गर्न पछि नहट्ने कुरा पुनः राख्दै यो एउटा महत्वपूर्ण र अविस्मरणीय अवसर प्रदान गर्नुहुने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटका सभापति आदरणीय सर श्री हरि बहादुर बस्नेत प्रती आभार प्रकट गर्दछु ।

कत्तिपनी छुटाउनै नहुने मान्छे अछामका भएपनी एउटा कहिल्यै बिर्सन नसकिने स्मृति बनाइदिनुभएको छ र यस्ता विभिन्न किसिमका कार्य गर्न हौसला, प्रेरणा एवम् सद्भाव उत्पन्न गराउनुभएको छ । आदरणीय सर भिम बहादुर साउद प्रती हृदय देखि नै अनगिन्ती आभार प्रकट गर्दछु ।

म अहिले नै यहीँबाट भन्छु कि सर तपाई जहाँ गएपनी सदैव मेरो स्मृतिमा रहिरहनुहुनेछ र तपाईंले पनि यस्तै थप काम गर्ने नयाँ अवसर प्रेरणा तथा तथा सद्भाव प्रदान गर्नुहुनेछ ।
धन्यवाद !!

सन्तोष नेपाली “अभिलाषी“
कर्णाली प्रदेश, जाजरकोट

तपाईको प्रतिक्रिया