
नेपाली काँग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा शनिबार पौने २ बजे सुरु भएको बैठक १५ मिनेटमै सकिएको हो ।
बैठकमा सभापति देउवाले नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई र शुभकामना दिँदै पहिलो बैठकका सन्दर्भमा धारणा राखेका थिए ।
उनले भने, ‘आज क्रिसमस डे हो, सार्वजनिक विदाको दिन तर हामीले बैठक राख्नै पर्ने भो । राष्ट्रियसभा चुनावका लागि १० गतेभित्रै दल दर्ता गरिसक्नुपर्ने थियो, आज हामीले बैठक राखेर भोलि पार्टीको दल दर्ताका लागि निवेदन दिन्छौ ।’
















































। १० पुष २०७८, शनिबार