
जाजरकोट । नेकपा ( विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले विद्यार्थीलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत सहुलियत कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
आज ( विहीबार) संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज विराजन शाही, संयोजक दीपेन्द्र सिंह लगायतको टीमले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको कार्यपक्षमा पुगी ज्ञापन पत्र बुझाएको हो ।
सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई आरक्षण सहित ५० प्रतिशत छुटको व्यवस्था गरे पनि जिल्ला बाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरुमा छुट नदिएको प्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको ईन्चार्ज शाहीले बताए ।
कडाईपूर्वक कार्यान्वयन गराउन र सोको समयसमयमा अनुगमन गर्न समेत संगठनले माग गरेको छ । जिल्लामा पछिल्लो चरण बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु बढ्दो क्रममा रहेको तर राज्यव्यवस्थाको जवाफदेहिता शुन्यप्रायः छ त्यसकारण यसलाई न्युनिकरण गर्न महिला र विद्यार्थी शसक्तिकरण तालिमको माग समेत संगठनले राखेको छ ।
देशमा बढ्दो महिला ,घरेलु हिंसा र बलात्कार जस्ता घटनाले नेपाली समाजलाई बिकृत समाजको रुपले लिएको छ, त्यसकारण यसलाई पनि न्युनिकरण गर्न माग गरेको छ । एक हप्ताको समय भित्र उक्त मागहरुलाई कार्यान्वयन नगरे संगठनले कडा संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएको छ ।
यस्ता छन संगठनले राखेका मागहरु :
१) नेपाल सरकार र सयुक्त विद्यार्थी संठन बिच भएको सहमति लाई तत्काल कार्यान्वयन गरि यातायात मा विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति लाई ५० प्रतिशत भाडा दर तत्काल निर्धारण गरि कार्यान्वयन गरियोस ।
२) गुणस्तर हिन र मापदण्ड नाघेका यातायात साधन को तत्काल अनुगमन गरि त्यस्ता साधन संचालन्मा रोक लगाइयोस ।
३)यातायात मा हुने दुर्घटनालाई रोक्न तत्काल सडकको बैज्ञानिक स्तर बाट अध्ययन गरि सडक निर्माण तथा मर्मत गरियोस ।
४)प्रत्येक स्थानीय तह भित्र रहेका मुख्य सार्वजनिक स्थान जस्तै बसपार्क , सेमिनार र अन्य स्थानहरु लाई व्यबस्थित र मर्यादित बनाउन सम्बन्धित निकायले बिशेष जोड दिइयोस् ।
५)छात्राको आत्म रक्षाका लागि एक विद्यालय एक छात्रा तालिम केन्द्रको व्यवस्था गर्न सम्बन्धि निकायले पहल गरियोस ।
















































। ८ पुष २०७८, बिहीबार