ओछ्यानमा पिसाब गरेको भन्दै छात्रको लिङ्ग बाँधेर यातना दिने होस्टेल वार्डेन पक्राउ

पोखरा । राति ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर यातना दिने होस्टेल वार्डेन पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टेलकी २७ वर्षीया वार्डेन जानुका नेपाली रहेकी छन् । बालकलाई यातना दिने नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दा चलाइएको छ । उनलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

विद्यालयको होस्टलमा बस्ने ६ वर्षीय बालकलाई राति ओछ्यानमा पिसाब फेर्न नदिन यौन अंगमा रबरले बाँध्ने गरेको खुल्न आएको छ । पछि यसबारे थाहा पाउँदा बालकको पेट फुलिसकेको थियो । बालकलाई उपचारका लागि अस्पताल पठाइएको बताइएको छ ।

आफूले गल्ती गरेको र अब यस्तो गलत काम नदोहो¥याउने भन्दै लिखित समझदारी गरेकी थिइन् । घटना घटेपछि घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबिच गोप्य सम्झौता भएपनि घटना बाहिरिएपछि वार्डेन नेपालीलाई पक्राउ गरिएको हो । डोल्पाबाट पोखरा पढ्न आएका ती बालकका बुवा बितिसकेका छन् भने आमा गाउँमा खेती किसान गर्छिन् । हिमालयन गुडलाइफ, काठमाडौँद्वारा सञ्चालित उक्त होस्टलले अभिभावकविहीन बालबालिकालाई पढाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया