
जाजरकोट । खलंगामा एक युवाले कपडा धुने उद्योग संचालनमा ल्याएका छन् । व्यवसायिक रुपमा कपडा धुने उद्योगलाई युवाले संचालनमा ल्याएका हुन् ।
युवा उद्यमी सुरेन्द्र केसीले गत मंसिर १५ गतेदेखि जिल्ला सदरमुकाम खलंगामा कपडा धुने उद्योग संचालनमा ल्याएका हुन् । आधुनिक मेशिन जडान गरिएको कपडा धुने उद्योगलाई व्यवसायी केसीले भेरी नगरपालिका–३, न्युरोडको ठाँटी बजारमा संचालन गरेका छन् ।
१८ किलो तौलका कपडा एकै पटक धुन सकिने आधुनिक मेशिनले कपडामा लागेको दाग, खिया हटाउन सकिने, रगत मेटाउन सकिने र धोएको कपडामा नयाँ चमक ल्याउनलाई लिक्वईट प्रयोग गरिने केसीले जानकारी दिए । साथै कपडा धुने ठाउँमा ड्राईक्लिन पनि गरिने केसीले बताए ।
जाडोले कपडा धुन नसकिने, घरमा पानीको अभावले, व्यक्तिगत कामले फुर्सद नभए कपडा धुन नपाएकाहरुका लागि आफुले संचालनमा ल्याएको उद्योग निकै उपयोगी र सहयोगी बनेको छ केसीले भने– ‘३७ मिनेटको समयमा १८ किलो कपडा धुन सकिन्छ भने, १८ किलो कपडा सुकाउनलाई ४० मिनेटको समय लाग्छ ।’
कपडा धोए बाफत पोशाक कपडा प्रति किलो १०० रुपैया, बलाङ्केट, फाईवर सिरकहरु प्रति पिस ५०० देखि ७०० सम्म र कोट पाईन्ट, जकेट, सुईटर, हुक प्रति पिस २०० देखि २५० सम्म शुल्क लाग्ने रोयल लन्ड्रीका प्रोपराईटर केसीले बताए ।
















































। ७ पुष २०७८, बुधबार