
बाँके । नेकपा एमाले निकट अनेरास्ववियू विद्यार्थी संगठन महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको अधिवेशन सम्पन्न भएको छ ।
आज (मंगलबार) नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । क्याम्पस कमिटीको अध्यक्षमा माधव खत्री, उपाध्यक्षमा कल्पना थापा, सचिवमा डम्बर विक, सह सचिवमा चिरन्जीवि बुढा, चन्द्रमणी पोखरेल, बर्षा मल्ल र कोषाध्यक्षमा समीर सुनार चयन भएका छन् ।
अनेरास्ववियु को केन्द्रीय सर्कुलर अनुसार अधिवेशन भब्य र सभ्यका साथ सम्पन्न भएको सचिव डम्बर बिक ले जानकारी दिए ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज मोहित शाहको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनमा नेकपा एमाले बाँकेका पार्टी सचिब रत्न खत्री, नेपालगन्ज उ.म.प.न का अध्यक्ष दत्त आचार्य, अनेरास्ववियु केन्द्रीय सदस्य सुमन घिमेर, अनेरास्ववियु बाँके जिल्ला सचिब प्रकाश विश्वकर्माको सहभागीता रहेको थियो ।
अनेरास्ववियु सधै बिद्यार्थीको हकहितमा रही रचनात्मक कार्यक्रम गर्न सधै अग्रसर रहदै आएको कार्यक्रमका प्रमुख अतिथी मोहित शाहले बताए । यो एतिहासिक सम्मेलन बाट सबैलाई समेटिने गरि नेतृत्व चयन गरी कुशल नेतृत्व प्रदान गरिएको जिल्ला सचिब प्रकाश विश्वकर्माले बताए ।
















































। ६ पुष २०७८, मंगलवार