गणेश रावत
जुम्ला । जुम्लाको तातोपानी धारामा पछिल्लो समय नुहाउँने मानिसको भिड लाग्ने गरेको छ । अहिले जुम्लाको तापक्रम दिन प्रतिदिन घट्दै जाँदा तातोपानीमा भीड लाग्ने गरेको हो । जुम्लामा धेरै चिसो हुने गरेका कारण यहाँको पानी आफै वरफ जम्ने गरेको हुन्छ । जसो तसो यहाँका नागरिक आफुलाई न्यानो बनाउन सबै प्रयासरत गरेका छन् ।
चिसोबाट हुन सक्ने विभिन्न समस्यालाई छेल्न पनि न्यायो अति आबश्यक छ । त्यसमाथि जुम्लाको माईनस डिग्रीको चिसो मौसममा तातो कसलाई चाहिदैन र ? जुम्ला बासीले हिउँदे समयमा तातो लुगा लगाउने देखि खानपान तथा सरसफाईका सबै कार्यहरु गर्दै आउने गर्दछन् । यो समयमा दाउराको अति आवश्यक पर्छ । चिसो कटाउन दाउरा बालेर जेनतेन दिन बिताउँदै आएका छन् । तातै घरमा खाने, बाक्लो उनका कोट , बाक्ला जेकेट ,पन्जा लगाउने कुरा गर्छन् ।
सबै जुम्लाबासिको अहिले आगो प्यारो बनेको छ । यहाँ तातोपानी तताउनका लागि बत्ती पनी प्रर्याप्त छैन । जुम्लाबासिको लागि चिसो मौसमकोे लागी एक मात्रै न्यानो पानी हो जुम्लाको तातोपानी । यो पनी अहिले जुम्ला बासिको सरसफाइ ,नुहाउँन चिसो मौसममा न्यानो दिने काम गरेको छ ।
जब जुम्लामा चिसो बढ्छ तातोपानी धारामा नुहाउनका लागि आउनेको चाप बढ्ने गरेको छ । चिसो बढे संगै नुहाउन आउनेहरुको आकर्षण बढ्दो देखिन्छ । तातोपानी पर्यटक ब्यवस्थापन समिति छ । तीन जना कर्मचारी पनी छन् ।
समितिले तातोपानी धारामा नुवाउनका लागी केही शुल्क तोकेको छ । जुम्लाको हकमा २० रुपैया र जिल्ला बाहिरको हकमा ३० रुपैया । यसरी उठाइएको शुल्कले महिनामा २५ हजार तिन जना कर्मचारीको तलब दिइने गरेको छ भने बाँकी समितिको खातामा जम्मा हुने गरेको कर्मचारी छक बहादुर बुढाले बताए ।
उनले भने, एक महिनामा ४० देखी ६० हजार शुल्क बाट आम्दानी हुने गरेको छ । अहिले चिसो बढेसँगै तातोपानी नुवाउनका लागी एक दिने १सय ५० जना भन्दा आउने गरेका छन् । बुढा भन्छन ,जुम्लामा चिसो बढे संगै तातोपानी धारामा नुहाउनेहरुको संख्यामा पनि बृद्धि हुन्छ । जुम्लाको तातोपानी धारामा नुहाउन आउने जुम्लाका मात्रै नभइ देशभर बाट आउने गरेका छन् ।
















































। ६ पुष २०७८, मंगलवार