
खलंगा । जाजरकोटमा एक वर्षको अवधिमा ३० वटा मावन अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले २०२१ जनवरीदेखि हालसम्म जाजरकोटमा भएका घटनाहरुको विवरण बारे जानकारी गराएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठले जिल्लामा भएका मानव अधिकार उलंघनका घटनाबारे जानकारी गराएका छन् ।
जसमा हत्या अन्य पक्षबाट तीन वटा, कुटपिट अन्य पक्ष बाट १२ वटा, कुटपिट राज्यपक्ष बाट १ वटा, बलात्कार, बलात्कार प्रयासका घटनाहरु १० वटा, बहुविवाह २ वटा र अभ्रद व्यवहार राज्यपक्ष बाट २ वटा गरी ३० वटा मानव अधिकार उल्लंघनका घटना भएको श्रेष्ठले बताए ।
कार्यक्रमका सहभागीहरुले संकलित तथा अभिलेखिकरण भएका घटनाको पुर्नपुष्टि सहित थप जानकारी लिएर पुस्तकमा राख्न सुझाव दिएका छन् ।
















































। ५ पुष २०७८, सोमबार