जाजरकोट प्रहरी : तीन दिनमा पाँच हजार घरेलु मदिरा नष्ट


खलंगा । जाजरकोट प्रहरीले तीन दिनमा पाँच हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । गत पौष १ गते देखि खटिएको प्रहरी टोलीले शनिबार सम्म जिल्लाका विभिन्न स्थानहरुबाट ५ हजार ९ सय २५ लिटर घरेलु मदिरा संकलन गरी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ४ सय ४० लिटर तयारी मदिरा, २ हजार ५ सय लिटर जाँड र कार्यालयको मातहतमा ९ सय ८० लिटर तयारी मदिरा, २ हजार ५ लिटर जाँड, २ केजी कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । यस्तै, २० सेट मदिरा निर्माण गर्ने भाँडाहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरेलु मदिरा सेवन गरी जिल्लाको विभिन्न स्थानहरु महिला हिंसा, घरेलु हिंसा जस्ता घटनाहरु घट्ने भएको हुँदा घरेलु मदिरा नष्ट गरी पसलहरुका बेचविखन गरिने मदिरालाई व्यवस्थापन गर्न स्थानीय तहहरुलाई सूचना गरिएको थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया