
खलंगा । जिल्लाको भेरी नगरपालिका ३ खलंगा स्थित त्रिभुवन माद्यामिक विद्यालयमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
भ्रष्टचार न्यूनिकरणमा राज्यको दायित्व शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । सहकर्मी समाज जाजरकोटको आर्थिक सहयोगमा र भेरी युवा मञ्चको आयोजना तथा सहिद स्मृति युवा क्लवको समन्वयमा कार्यक्रम संञ्चालन गरिएको थियो ।

कार्यक्रममा त्रिभुवन माद्यामिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा १४ जना विद्यार्थी सहभागि भएको सहकर्मी प्रेम बहादुर विकले जानकारी दिए ।

उनका अनुसार ‘कक्षा ९ सेक्सन (ए) का छात्र भोजराज चलाउने प्रथम, कक्षा ९ (सी) की बिनु विक द्धितिय तथा क्रक्षा ९ (सी) की छात्रा बिपना सिंह र सोही कक्षाकी छात्रा बिमला बोहराले तृतिय स्थान हासिल गरेकी थिइन् ।

त्यस्तै कक्षा ९ (बी) की एलिना वि क र भवानी खत्री सान्त्वना भएकी थिइन् ।’ उक्त कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक राजेन्द्र कार्कीले विजयी विद्यार्थीहरुलाई बधाई व्यक्त गरेको समेत विकले बताए ।
















































। ३ पुष २०७८, शनिबार