आइतबार पुष ४ गते सार्वजनिक बिदा

काठमाण्डाैं। आइतबार पुष ४ गते सरकारले सम्बन्धित समुदायका लागि बिदा र काठमाण्डाैं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश (धान्यपूर्णिमा)को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

सरकारले देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाण्डाैं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया