
नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन् ।
बाजुराका पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई तीन सय २२ मत अन्तरले पराजित गरेका हुन्। पाण्डेले दुई हजार चार सय ११ र शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गरेका छन्। यस्तै अर्का उम्मेदवार चेतराज बरालले ९९ मत प्राप्त गरेका छन्। ५२ मत बदर भएका छन्।
निर्वाचन समितिद्वारा आधिकारीक घोषणा हुन बाँकी छ। पाण्डे शेखर कोइरालाको समूहबाट चुनाव लडेका हुन् भने शाही सभापति शेरबहादुर देउवाको समूहबाट चुनाव लडेका हुन् ।
















































। २ पुष २०७८, शुक्रबार