पार्टी–पार्टीबीच शक्ति संघर्ष हुने हो, पार्टीभित्र होइन : महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले गुटबन्दी र शक्ति संघर्ष पार्टीभित्र नभइ पार्टी पार्टीमा हुनुपर्ने बताएका छन् ।

सभापतिका प्रत्यासी शेखर कोइराला समूहले मतदातालाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले १४ औं महाधिवेशनमा पार्टीभित्र चरम गुटबन्दी र शक्ति संघर्ष देखिएको बताए ।

‘पार्टी–पार्टीमा हुने हो शक्ति संघर्ष पार्टीभित्र होइन’ उनले भने, ‘अहिले गुटबन्दी र शक्ति संघर्षले पार्टीभित्रको निर्वाचन पनि आम निर्वाचन जस्तो भयो ।’

गुटबन्दी अन्त्य गरेर पार्टी एकतावद्ध तरिकाले विधिसम्मत चलाउन उनले नवनिर्वाचित सभापति देउवालाई सुझाव दिए ।

तपाईको प्रतिक्रिया