
काठमाडौं । देशभर पछिल्लो समय ११ हजार ९ सय ९४ जनामा कोरोना परीक्षण गर्दा थप २८० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
योसँगै मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै,३०० जना कोरोनामुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ३५ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
















































। २९ मंसिर २०७८, बुधबार