नौ बर्षपछि लागुऔषध (चरेश) मुद्दाका फरार व्यक्ति पक्राउ


खलंगा । लागुऔषध ( चरेश) मुद्दाका फरार प्रतिवादीलाई नौ बर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत जाजरकोटको २०६९ साल जेठ २० गत्तेको फैसलाले तीन महिना २७ दिन कैदको सजाय पाएका जुनीचाँदे गाउँपालिका ९ बस्ने ५० बर्षिय चन्दबहादुर शाहीलाई प्रहरीले सोमबार प्रक्राउ गरेको हो ।

२०६९ साल देखि फरार रहेका उनलाई खोज तलास गर्दे जाने क्रममा घर नजिकैको वतनमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला अदालत जाजरकोटमा पुर्याईएको छ ।

तपाईको प्रतिक्रिया