
काठमाडौं । आजबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशन पुस ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले संसद्को अर्काे बैठक पुस ६ गते सम्मका लागि स्थगित गरेका हुन् ।
सभामुखको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले सुरुमै नाराबाजी सहित बैठक अवरुद्ध गर्न खोजे पनि सभामुखले बैठकको कारबाही प्रक्रिया अघि बढाए ।
संसद् बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा हुँदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका थिए ।
एमालेका सांसदहरूले उभिएर विरोध जनाएका छन् भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले विधेयक प्रस्तुत गरेका छन् ।
















































। २८ मंसिर २०७८, मंगलवार