BREAKING NEWS :  भ्रमण वर्ष २०२० स्थगित

काठमाडौं । भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ ।

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको हाे ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए।

तपाईको प्रतिक्रिया