सभापतिमा पहिलो उम्मेदवारी कल्याण गुरुङको, कांग्रेसलाई गुटबाट जुटमा लैजान मत माग्दै


काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पहिलो उम्मेदवारी कल्याण गुरुङको परेको छ । नेविसंघका पूर्वसभापति समेत रहेका गुरुङले परिवर्तनका लागि नयाँ नेतृत्व भन्दै यसअघि नै उम्मेदवारी दिने बताइसकेका थिए ।

गुरुङले सातजना प्रस्तावक र सातजना समर्थकसहित आफूले उम्मेदवारी मनोनयन गरेको बताए । उनले कांग्रेसलाई गुटबाट जुटमा लैजान आफ्नो विजय आवश्यक रहेको भन्दै महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न थालेका छन् ।

तपाईको प्रतिक्रिया