
गोपाल रेग्मी
रुकुम पश्चिममा संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी तरकारी बिउ जोन ईकाई कार्यक्रम प्रभावकारी वन्दै गईरहेको छ ।
कृषिलाई आधुनिकिकरण र यन्त्रिकरण गरी उत्पादित कृषि उपज विउ विजन मार्फत जिल्लालाई आत्मनिर्भर गरी स्वदेशमा रोजगारीको अवसर प्रदान गर्ने कार्यमा आधुनिकिकरण परियोजनाले सफल्ता हाँसिल गर्दै गईरहेको छ ।
चौरजहारी नगरपालिकाको १ र २ वडा वाहेकका १२ वटा वडा सानीभेरी गाउँपालिकाको ९ नम्वर वडा र त्रिवेणी गाउँपालिकाको १० नम्वर वडा गरी ३ पालिकाको कुल १४ वटा वडामा परियोजनाले कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
परियोजनाले जिल्लाका ३ गाउँपालिकाको करिव ८ सय हेक्टर जमिनमा तरकारी तरकारी बीउ जोन ईकाई कार्यक्रम संचालन गर्दै आएको बरिष्ठ कृषि अधिकृत परशुराम अधिकारीले जानकारी दिनुभयो ।
जसअन्तरगत सुरु गरीएको कस्टम हाईरिगं सेन्टर स्थापनाको लागी ५० प्रतिसत अनुदानमा आर्थिक वर्ष ०७५।०७६ मा २२ लाख वरावरको रकम वाट कृषकहरुलाई ट्रयाक्टर मिनी टिलर तथा अन्य मेसिनरी सामाग्री वितरण गरीएको अधिकारीले वताउनुभयो ।
उक्त सामाग्री प्रति कृषकहरुको आकर्षण वढे संगै आर्थिक वर्ष ०७६।०७७ मा २६ लाख रकम अनुदान वाट ठुलो ट्रयाक्टर १ मिनि टिलर २७ स्प्रेयर १७ र बर्डिजो ३ वटा खरिदको लागी संझौता गरीएको छ ।
९६ वटा कृषक समुह र सहकारी मार्फत परियोजना ईकाईले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, साना सिचाई योजान निर्माण,अस्थायी प्लाष्टिक घर निर्माण भकारो सुधार, कृषि प्राविधिक शिक्षालय संचालनमा सहयोग र पोष्ट हार्भेष्ट कार्यक्रम संचालन गर्दै आईरहेकोे छ ।
परियोजनाले साना सिचाई निर्माण आयोजनाको लागी आर्थिक वर्ष ०७४।०७५ मा ९ लाख अनुदान वाट ५ सय ११ रोपनी जमिनमा सिचाई पुरयाएको छ । जस वाट २ सय ४९ घरधुरी लाभान्वित भएका छन ।
आर्थिक वर्ष ०७५।०७६ को २८.५ लाख अनुदानको वजेट वाट १९ वटा साना सिचाई योजनाको काम सम्पन्न गरेको छ ।
भने आर्थिक वर्ष ०७६।०७७ मा ३० लाख अनुदान वाट २० वटा साना सिचाई योजनाको काम संझौता गरी कार्यान्वयनको चरणमा पुगेको परियोजना कार्यालयले वताएको छ ।
३ वर्ष पहिले देखि सुरु गरीएको जोन ईकाईले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत आर्थिक वर्ष ०७४।०७५मा उत्कृष्ट कार्य गरेवापत ३८ वटा कृषक समुहलाई १४लाख रुपैया अनुदान स्वरुप प्रदान गरेको जोन संचालक समितिका संयोजक तिलक शर्माले वताउनुभयो ।
सोही कार्यक्रम अन्तरगत आर्थिक वर्ष ०७५।०७६ मा ३१ वटा समुह तथा शहकारी लाई ८.६१ लाख रुपैया अनुदान दिईएको थियो ।
भने आर्थिक वर्ष ०७६।०७७ मा २० लाख रकम अनुदान स्वरुप प्रदान गरिने कार्यक्रम रहेको संयोजक शर्माले वताउनुभयो ।
परियोजना ईकाईले कार्यक्रम लागुभएका गाउँ तथा नगरपालिका अन्तरगतका वडाहरुमा तरकारी विउ उत्पादनको लागी आर्थिक वर्ष ०७४।०७५ मा ७५ जना कृषकहरुलाई ५ लाख अनुदान वाट ६ बाई १२ मिटर साईजका अस्थायी पलाष्टिक घर निर्माण गरेको थियो ।
आर्थिक वर्ष ०७६।०७७ का लागी २.५ लाख रकम विनियोजन गरेकोमा ४ वटा अस्थायी पलाष्टिक घर निर्माणको कार्य सम्पन्न भैसकेको र वाँकी ३३ वटा घर निर्माणको लागी संझौता गरी काम सुरु भैरहेको वताईएको छ ।
परियोजनाले भकारो सुधार कार्यक्रमका लागी आ.व.०७५।०७६ मा ७.२ लाख अनुदान वाट ६० वटा भकारो निर्माणको काम सम्पन्न भएको जनाएको छ ।
भने आर्थिक वर्ष ०७६।०७७ मा भकारो निर्माणको लागी विनियोजन गरेको १२ लाख वजेट वाट ४९ वटा भकारो निर्माण कार्य सम्पन्न भएको र वाँकी ५१ वटा भकारोको संझौताभै कार्यान्वयनको चरणमा रहेको जोन ईकाईका वरिष्ठ कृषि अधिकृत परशुराम अधिकारीले जानकारी दिनुभयो ।
विगतका वर्षहरु जस्तै परियोजनाले जिल्लाका चौरजहारी नगरपालिका सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा संचालन भैरहेका कृषि प्राविधिक शिक्षालयलाई आर्थिक अनुदान प्रदान गर्दै आईरहेको छ ।
आर्थिक वर्ष ०७५।०७६ मा सानोभेरी गाउँपालिकामा अवस्थित राप्ती ज्ञानोदय माध्यामिक विद्यालय सिम्लीलाई ५ लाख रुपैया अनुदान प्रदान गरेको थियो ।
यस आर्थिक वर्ष ०७६।०७७ का लागी चौरजहारी नगरपालिकाको खोलागाउँमा अवस्थित हिमालय मा.वि.लाई रु ३ लाख वजेट विनियोजन गरिएको वताईएको छ ।
परियोजनाले उत्पादन गरीएका बीउ तथा तरकारीलाई भण्डारण संकलन र व्यवस्थित मार्केटिंग गर्नको लागी पोष्ट हार्भे कार्यक्रम अन्तरगत आवाश्यक सामाग्री उपलव्ध गराउदै आईरहेको छ ।
आ.व.०७६।०७७ का लागी बीउ भण्डारण घर १ पंखा १सय ३ थ्रेसिंग फलोर ४ संकलन केन्द्र ३ डिजिटल तराजु १ मेटल सिड बिन २१ सेट खरिदका लागी १९ लाख वजेट विनियोजन गरीएको छ ।
उक्त सामाग्री खदिका लागी कृषक समुह तथा शहकारीहरु संग संझौता गरी कार्यान्वयनको लागी काम अन्तिम चरणमा पुगेको परियोजना जोन ईकाईका प्राविधिक टिका खत्रीले जानकारी दिनुभयो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई तरकारी तरकारी बीउ जोनको काम प्रभावकारी भए संगै रुकुम जिल्लाका ३ नगर र ३ गाउँपालिका सवै वडाहरुमा कार्यक्रम विस्तार गर्नुपर्ने आवाश्यकता रहेको स्थानीय सरकारका प्रमुखहरुले वताएका छन ।
चौरजहारीमा नगरपालिका सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिमा संचालन भैरहेको तरकारी तरकारी बीउ जोन ईकाईलाई सुपुर जोन वनाउन र अन्य पालिकाहरुमा जोन ईकाई विस्तारको लागी आर्थिक वर्ष ७७।७८ मा योजना वनाएर सिफरिस गर्न स्थानीय सरकारका प्रमुखहरुले जोन संचालक समिति र वरिष्ठ कृषि अधिकृतलाई सुझाव दिएका हुन ।
परियोजनाले आयोजना गरेको हाल सम्मको उपलव्धि र आर्थिक वर्ष २०७७।७८ को योजना तर्जुमा कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा चौरजहारी नगर प्रमुख विशाल शर्मा सानीभेरी गाउँपालिका अध्यक्ष तारा वहादुर पुण र त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्तिले यस्तो वताउनु भएको हो ।
कार्यक्रममा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी ओपेन्द्र पौडेल प्रहरी प्रहरी नायव उपरिक्षेक ठग वहादुर के.सी.को समेत आतिथ्यता रहेको थियो ।
















































। १९ फाल्गुन २०७६, सोमबार