
खलंगा । दलित महिला तथा समुदायको अधिकार सुनिश्चितताको लागि स्थानीय शासन सुदृढिकरण कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
द एशिया फाउन्डेशनको आर्थिक सहयोग, भेरी नगरपालिकाको समन्वय तथा नेप्सकोन सुर्खेतको आयोजनामा उक्त सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाले हाल सम्म गरेका महत्वपूर्ण काम, गर्नुपर्ने आवश्यकता लगायतका विषयवस्तु कार्यक्रममा मुल्यांकन अधिकृत गगन एलजीले प्रस्तुत गरेका थिए । स्थानीय सरकारले सञ्चालन गरेका कार्यक्रममा दलित समुदायको जवाफदेहिता,पार्दशिता र सहभागिताका विषयमा खुल्ला छलफल समेत गरिएको थियो ।
नगरपालिकाको तर्फबाट प्रतिनिधिको रुपमा अधिकृत छैटौ पदमा कार्यरत सुधा हमालको उपस्थिति रहेको थियो । कार्यक्रममा ३० जना भन्दा बढी सहभागीहरुको सहभागिता थियो ।

















































। २२ मंसिर २०७८, बुधबार