बारेकोटमा अफलाईन ई पुस्तकालय जडान

No description available.

खलंगा । जिल्लाको बारेकोट गाउँपालिकामा अफलाईन ई पुस्तकालय जडान गरिएको छ । मंगलबार साझा शिक्षा ई–पाटी नेपालद्वारा शिक्षा युवा तथा खेलकुद शाखामा उपाध्यक्ष ओमा शाहीको प्रमुख आतिथ्यतामा अफलाईन ई पुस्तकालय जडान गरिएको हो ।

उक्त लाइब्रेरीमा जम्मा ८ हजार ५ सय ७८ वटा पुस्तक डाउन लोड तथा निशुल्क अध्ययन गरिनेछ भने ४ सय ५३ वटा भिडियो र २ सय २ अडियोहरु अध्ययन गर्न मिल्ने शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख राम बहादुर मल्लले बताए । यो सेवा बिस्तारै बारेकोटका बिध्यालयहरुमा बिस्तार गर्न आबश्यक पहल गरिने समेत शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मल्लको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया