
दैलेख । नेकपा माओवादी केन्द्र दैलेखको नेतृत्वप्रति दलित यूवाहरुले आपत्ती जनाएका छन् । सर्वसहमतीको नाममा अवसरवादीहरुलाई प्राथमिकतामा राख्ने र हिजोका असली सिपाहीहरु जसले जनयूद्ध देखि हालसम्म निरन्तर निस्वार्थ खटिएर पार्टीलाई शिरमा राखेर हिडेका बफादार कार्यकर्तालाई बाइपास गरि कमिटी गठन गरेको भन्दै दैलेखमा दलित यूवाहरुले नेतृत्वप्रति आपत्ती जनाएका हुन् ।
दैलेखका ११ वटै वडामा माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको छ । गुराँस गाउँपालिका अध्यक्षमा बिरबहादुर शाही, आठबिस नगरपालिकामा बसन्त बस्नेत, ठाँटीकाँध गाउँपालिकामा उमेश कुमार रावत, चामुन्डा बिन्द्रासैनी नगरपालिकामा रणबहादुर खड्का, भैरवी गाउँपालिकामा गोपाल रिजाल, दुल्लु नगरपालिकामा टेकबहादुर खड्का, डुङ्गेश्व गाउँपालिकामा श्याम राना, भगवतीमाई गाउँपालिकामा नगेन्द्र सिंह, नौमुले गाउँपालिकामा छविराम सुवेदी, महावु गाउँपालिकामा नवराज शाही र नारायण नगरपालिकामा ताराकेशर धमला सर्वसहमत छनौट भएका छन् ।
समानुपातिक र समावेशी सहभागिताको कुरा उठाउँदै आएको नेकपा माओवादीले ११ वटा स्थानिय तहमा अधिवेशन सम्पन्न गर्दा दलित समुदायको तर्फबाट कुनै पनि दलित प्रतिनिधी नपरेकोप्रति अखिल क्रान्तिकारीका प्रदेश कमिटी सदस्य मोहन सुनारले असन्तुष्टी ब्यक्त गरे ।
हाल माओवादी केन्द्रका अधिकाँश कार्यकर्ता देखि भोटर सम्म दलित समुदायकै बाहुल्यता छ ।
गाउँ र बस्ती बस्तीमा छिरेर चुनाव ताका होस् या कुनै कार्यक्रममा दलितका मुद्दा अगाडी सारेर नेता बनेकाहरुले नै आज दलित समुदायलाई फेरी पछाडी धकेल्दै आफु नेतृत्वमा पुग्ने काम गरेका छन् यो कुरा कुनै हातलमा सह्य हुन सक्दैन ।
जुन मुद्दा बोकेर माओवादी केन्द्रको स्थापना भयो र संघर्ष भयो हाल त्यसै मुद्दाको उपेक्षा हुने गरी ११ वटै तहमा एक जना पनी दलित प्रतिनिधी छनौट हुन नसक्नु ठुलो आश्चर्यको कुरा हो, उनले भने ।
दैलेख जिल्ला अखिल क्रान्तिकारीका सचिव कमल विकले भने, वर्गीय मुद्दाको उठान गरी संघर्ष गरेको माओवादीले हाल आएर गरिव र पिछडिएको वर्गलाई नै उपेक्षा गरेको छ । हुने खाने र पहुँचवाला नेतृत्वमा पुगेको देखियो । उनले यस प्रकारको अवसरबादी क्रियाकलापका बिरुद्द पार्टी भित्रै रहेर कडा संघर्ष गर्ने बताए ।
















































। १९ मंसिर २०७८, आईतवार