
प्रकाश राेकाय
जाजरकोट – भेरी नगरपालिका १० फेरामा अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु हटाउन स्थानीयवासीहरु ततार भएका छन् । फागुन मशान्त सम्म सो ठाउँमा रहेका सवै टहराहरु हटाउन स्थानीयवासी तयार भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । स्थानीयले बाटो बनाउन प्रजिअ पन्तसँग आग्रह समेत गरेका छन् ।
सूचना मात्र निकाल्ने तर कसैले पनि छलफल गर्न नआएका कारण वस्ती हटाउन बाध्य नभएको स्थानीयवासीले जानकारी दिएका थिए । प्रजिअ पन्त तीन पटक भन्दा बढी अतिक्रमित भागमा गई छलफल गरेपछि स्थानीयवासीले सो ठाउँ छाड्न तयार भएका छन् ।
















































। १८ फाल्गुन २०७६, आईतवार