
खलंगा । जाजरकोटका सात वटै स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन अभियान शुरु हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय जाजरकोटले एक सूचना जारी गरी फोटो सहितको मतदाता नामावली संकलन गरिने जनाएको हो ।
कार्यालयको सुचना अनुसार जुनीचाँदे गाउँपालिकाको परालेमा मंसिर १७ देखि २६ गते सम्म, कुशे गाउँपालिकाको भार्ममा मंसिर २९ गते देखि पौष ९ गते सम्म, बारेकोट गाउँपालिकाको लिम्सामा मंसिर १७ गते देखि मंसिर २६ गते सम्म, नलगाड नगरपालिकाको दल्लीमा मंसिर २८ गते देखि पौष ८ गते सम्म, छेडागाड नगरपालिकाको मनघाटमा मंसिर १७ देखि मंसिर २६ गते सम्म, शिवालय गाउँपालिकाको सिमामा मंसिर २८ देखि पौष ९ गते सम्म अभियान सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।
मतदाता नामावलीमा केही त्रुटि भएमा, सच्याउनपुर्ने वा बसाईसराई लगायतका कार्य गर्न आवश्यक प्रमाण पुग्ने कागजात लिएर सदरमुकाममा रहेको कार्यालयमा आउन आग्रह गरिएको छ ।

















































। १७ मंसिर २०७८, शुक्रबार