रेडपाण्डाको छाला सहित बारेकोटका दुई जना पक्राउ

May be an image of 2 people, people standing and outdoors
बारेकोट । रेडपाण्डाको छाला सहित बारेकोट गाउँपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारेकोट गाउँपालिका ३ मुल्सामका ३५ बर्षिया लोकबहादुर रोकाय र सोही ठाउँका २० बर्षिया गोरखबहादुर रोकाय रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको वडा नं ३ बस्ने लोकबहादुर रोकायले रेडपाण्डाको छाला ओसारपसार तथा विक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

May be an image of animal

गाउँपालिकाको वडा नं.०८ सेपुखोला स्थित रमिता कुमाई बोहराले संचालन गर्दै आएको कौशिला कटेज एण्ड रेस्टुरेन्टको तल्लो तलाको बायाँ तर्फको उत्तर पश्चिम तर्फको कोठामा उनीहरुको साथमा रहेको पिठ्युमा भिर्ने कालो रंगको झोला भित्र सेतो रंङको चिनीको कट्टा(बोरा)मा हाली पोको पारेको अवस्थामा राखिएको दुर्लभ बन्यजन्तु रेडपाण्डा जस्तो देखिने पुर्ण आकृती भएको टाउको देखि पुच्छर सम्म २८ ईन्च लम्बाई भएको रातो कालो सेतो रौ भएको छाला थान १ (एक) सहित पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा बुझाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया