चितवनका हरिप्रसादले पाएनन् मतदान गर्न

चितवन । प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत थप भएको भन्दै नेकपा (एमाले) महाधिवेशन निर्वाचन आयोगले चितवनका हरिप्रसाद सापकोटालाई मतदानबाट बञ्चित गरेको छ। आफूले पटक पटक आग्रह गरे पनि मत हाल्न नदिएको उनको भनाइ छ ।

सापकोटाको प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत भएको भन्दै मतदाता नामावलीमा नाम भए पनि मतदान गर्न नदिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए ।

तपाईको प्रतिक्रिया