वैज्ञानिक समाजवाद स्थापनाका लागि नेकपाको तीन महिने गाउँ अभियान

May be an image of 8 people, people standing and outdoors
खलंगा । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) जाजरकोटले वैज्ञानिक समाजवादका लागि स्वयंमसेवक अभियान नेपाल अन्र्तगत तीन महिने अभियान लिएर जाजरकोटका गाउँ बस्तीहरूमा पुगेको छ ।

May be an image of 12 people, people standing and outdoors

‘स्वाधीनता, सुशासन र समृद्धिका लागि जनएकता निर्माण गरौँ, वैज्ञानिक समाजवाद स्थापना गर्न जनमत संग्रहको चुनाव गरौँ ।’ भन्ने मूल नाराका साथ वैज्ञानिक समाजवादको लागि तीन महिने स्वयवम्सेवक अभियान नेपाल सञ्चालन गरेको हो । कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगम आरसीको नेतृत्वमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

May be an image of 9 people, people standing and outdoors

सोही अभियान अन्तर्गत जाजरकोटको बारेकोट सक्ला, मुल्साम र रोकायगाउँमा कार्यक्रम सम्पन्न भएको छ । जाजरकोटका विभिन्न गाउँवस्तीमा कार्यक्रम गरेर आम जनसमुदायलाई उत्पीडनबाट मुक्त हुनका लागि नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको कार्यनीति जनमतसग्रहको चुनावद्वारा वैज्ञानिक समाजवाद व्यवस्था स्थापना गर्न एक ढिक्का हुन जनचेतना दिँदै आह्वान् गरिएको नेकपा जाजरकोटले जनाएको छ ।

May be an image of 1 person, standing and outdoors

तपाईको प्रतिक्रिया