काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश जाजरकोट काठमाडौँ सम्पर्क समन्वय समितिको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको सम्मेलनले अमृत बिसीको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ ।
शनिबार राजधानीको सुकेधारा स्थित युनिभर्सल क्याफेमा आयोजित उक्त कार्यक्रम जाजरकोट काठमाडौँ सम्पर्क समुन्वय समितिका अध्यक्ष सुदाम गौतमको सभापति रहनु भएको थियो भने कर्णाली -काठमाडौँ सम्पर्क समन्वय समितिको संयोजक पूर्व मन्त्री सत्या पहाडीको प्रमुख अतिथ्यता र अतिथिहरुमा कर्णाली -काठमाडौँ सम्पर्क समुन्वय समिति सदस्य एबम पूर्व जनमुक्ति सेना कमान्डर टक बहादुर घर्ति मुनाल ,खुम लाल गौतम,नलगाड नगरपालिकाको उपप्रमुख बालकुमारी को उपस्थिति रहेको थियो ।
शनिबार सम्पन्न सम्मेलनबाट अध्यक्ष अमृत बि सी,उपाध्यक्ष संजय थापा,रबिन वली , सामना शाह , सचिव शिबराज हमाल ,सहसचिव लक्ष्मण रसाईली र कोषाध्यक्ष तिलक पुन सहित २५ सदस्यीय समिति सर्बसहमत निर्माण भएको छ ।

















































। १२ मंसिर २०७८, आईतवार