
जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव) निकट अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालयका इन्चार्ज महेश अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् ।

विहीबार अखिल (क्रान्तिकारी ) केन्द्रीय समितिको आयोजनामा महेश अधिकारी अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा काठमाडौं विश्वविद्यालय ईन्चार्ज र विन्दु शाही अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाडौं जिल्ला सदस्य वीच जनवादी विवाह सम्पन्न भएको हो ।

त्रिभुवन विश्वविद्यालयको अडिटेरियम हलमा पार्टीका प्रवक्ता प्रकाण्ड प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
अखिल (क्रान्तिकारी ) केन्द्रीय समितिले आयोजना गरेको थियो ।

समाज परिवर्तनको लागि सबै नयाँ पिढिले साहास गर्नुपर्ने प्रकाण्डले मन्तब्य राखे । नब दाम्पत्य जोडिलाई सबैले बधाई समेत दिए ।

















































। १० मंसिर २०७८, शुक्रबार