९ मंसिर २०७८, बिहीबार

व्यवहार बाटै हिंसा अन्त्य गर्नुपर्छ : सांसद शाह

कर्णाली प्रदेश सभा सदस्य कृस्णा शाहले व्यवहार बाटै हिंसा अन्त्य गर्नुपर्ने बताएकी छ्न् । जाजरकोट सदरमुकाम खलंगामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुभराम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य शाहले यस्तो बताएकी हुन ।  अभियानको दिनमा मात्र लैंगिक हिंसाका कुरा गर्ने,कागजमा मात्रै हिंसा अन्त्य गर्ने व्यवहारमा हिंसा भैरहने भएकोले व्यवहार बाटै हिंसा अन्त्य गर्नुपर्ने बताइन् । भेरी नगरपालिकाको आयोजनामा शुरु भएको कार्यक्रम आगामी डिसेम्बर १० सम्म चल्ले छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले हिंसा अन्त्यका लागि सबैले आ -आफ्नो ठाउँ बाट लाग्नुपर्ने बताए ।