व्यवस्था विरोधीलाई शक्तिको जवाफ : ‘कुरो व्यवस्थाको होइन्, मौलिक हक कार्यान्वयनको हो’


जाजरकोट । पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले व्यवस्था विरोधीहरुको कटाक्ष गरेका छन् । जाजरकोट सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा बोल्दै अहिले केही साथीहरुले व्यवस्थाको विरोध गरिरहेका छन्, कुरो व्यवस्थाको होइन्, संविधानले दिएको मौलिक हक कार्यान्वयनको वेला आएको भन्दै व्यवस्था विरोधीहरुको कटाक्ष गरेका हुन् । ‘हिजोको गाउँ विकास समितिमा आउने बजेट भन्दा दशौ गुणा बढी बजेट आएको छ ।

यो सबै संघीय लोकतान्त्रिक गणतन्त्रको देन हो, बस्नेतले भने, केही साथीहरुले काठमाडौमा बसेर व्यवस्थाको विरोध गरिरहेका छन्, व्यवस्था कस्तो छ भनेर जाजरकोट आएर हेर्दा हुन्छ ।’ सिंहदरवारमा बसेर केही ठेकेदारहरु संग पैसा लिएर जीवन चलाउने साथीहरुले संघीयताको विरोध गरेको आरोप लगाए । व्यवस्थाको विरोध भन्दा संविधानले दिएको मौलिक हकको कार्यान्वयनमा अन्य दलहरुले ध्यान दिने हो भने जनताको समस्या हल हुन केही समय नलाग्ने मन्त्री बस्नेतले दावी गरे ।

संघीयता आउनु भन्दा अगाडि समान्य कामका लागि सदरमुकाम र सिंहदरवार धाउनुपर्ने बाध्यता बाट अहिले जाजरकोटका गाउँ गाउँका जनताहरु मुक्त भएका छन् । गाउँपालिका तथा नगरपालिका बाट जनताले सेवा लिएका छन् । काठमाडौमा हुने कामका लागि प्रदेश जाँदा धेरै राम्रो हुन्छ ।

अहिले भएको संघीय लोकतान्त्रिक व्यवस्था नै टिकाई राख्ने हो भने अवको केही बर्षमा देशमा विकास र समृद्धिको लहर लाग्ने छ । यस्तै, मन्त्री बस्नेतले फरक प्रसंगमा राष्ट्रिय गौरवको आयोजना नलगाड हाईड्रोपावर अर्काे बर्ष बाट निरन्तर काम हुने बताए । यस्तै जिल्ला अस्पतालको भवन तोकिएकै समयमा निर्माण गर्न लागेको निर्माण व्यवसायी टीमलाई धन्यवाद व्यक्त गरे ।

तपाईको प्रतिक्रिया