एमालको केन्द्रीय सदस्यमा जाजरकोटका तीन नेताको उम्मेदवारी घोषणा

नेकपा एमालेको केन्द्रीय सदस्यमा जाजरकोट बाट हाल सम्म तीन जनाले उम्मेदवारी रहेको घोषणा गरेका छन् । चितवनमा हुन लागेको पार्टीको १० औं राष्ट्रिय महाधिवेशमा जाजरकोट बाट केन्द्रीय सदस्यमा तीन जनाले उम्मेदवारी रहेको घोषणा गरेका हुन् । एमाले जाजरकोटमा प्रभावशाली नेता डम्बरबहादुर सिंह, यूवा नेता चन्द्रप्रकाश घर्ती र महिला नेत्री कौशिलावती खत्रीले उम्मेदवारी रहेको घोषणा गरेका हुन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत भोट गरेर सहयोग गर्न प्रतिनिधीहरुलाई आग्रह गरिरहेका छन् ।

को हुन् डम्बरबहादुर सिंह ?
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) जाजरकोटका प्रभावशाली नेता डम्बरबहादुर सिंहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सिंहले चितवनमा हुने पार्टीको १० औं महाधिवेशनमा पिछडिएको क्षेत्र तर्फको केन्द्रीय सदस्यमा उम्मेदरवारी दिने घोषणा गरेका हुन् ।

नेकपा एमाले पिछडिएको क्षेत्र कर्णालीको सान, केन्द्रीय कमिटी सदस्यमा डम्बरबहादुर सिंहलाई मतदान भन्दै सिंहले केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध हाम्रो अभियान, एकीकृत जनआधारित र गतिशिल एमाले निमार्णको आधार तयार गर्न केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।

२०५६ साल देखि पार्टीको जिल्ला कमिटी सदस्य बनेका सिंह हाल कर्णाली प्रदेश कमिटी सदस्य हुन् । २०५७ सालमा जिल्ला कमिटी उप सचिव, २०६२ सालमा सचिव, २०६६ सालमा जिल्ला कमिटी अध्यक्ष हुदै हाल कर्णाली प्रदेश कमिटी सदस्य हुन् । पार्टीको पक्षमा रहेको जनमत तथा विश्वास जोगाउन र स्थापित गर्न, पार्टीलाई सशक्त बनाउन, सबै तहका सरकारको जनपक्षीय निर्णय गराउन ध्यानआकर्षण गराउन र पार्टीमा न्याय स्थापित गराउन उम्मेदवारी घोषणा गरेको सिंहले बताए ।

जाजरकोट जिल्लाका दुर्गम गाउँहरुमा आपतविपदको समयमा खाद्यान्न तथा अन्य राहत सामग्री लिएर जनताको घरदैलोमा पुग्ने सिंहलाई जनताले समेत केन्द्रीय कमिटीमा देख्न पाउनुपर्ने माग गरिरहेका छन् । आफ्नो पक्षमा मतदान गरी जिताउन सहयोग गर्नहुन सबै प्रतिनिधीहरुलाई आग्रह गरे ।

को हुन् कौशिलावती खत्री ?
नेपाल कम्युनिष्ट पार्टी ( एमाले)की महिला नेत्री कौशिलावती खत्रीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् । चितवनमा हुने पार्टीको १० औं महाधिवेशनमा पीछडिएको क्षेत्र महिला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

कर्णालीमा जुझारु महिला नेत्रीको रुपमा सफल खत्री हाल कर्णाली प्रदेश सभा सदस्यको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी छन् । विगत ३२ बर्ष देखि राजनीतिमा होम्मिएकी खत्री इलाका कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधी परिषद सदस्यको भुमिका निर्वाह गर्दै हाल पार्टीको कर्णाली प्रदेश सदस्य हुन् ।

खत्री पार्टीको सिद्धान्त, निती तथा विधीको कार्यान्यवन गर्ने, पार्टीलाई अग्रपंक्तिमा राख्नुपर्छ, जनताको प्रीय पार्टी बनाउन निरन्तर खटिरहेकी उनी विकासप्रेमी नेताको रुपमा समेत आम जनताले लिने गरेका छन् । महिला प्रतिनिधीमध्ये कर्मठ, निरन्तर राजनीतिमा सक्रिय नेत्रीका रुपमा समेत परिचित छन् ।

२०४६ साल देखि विद्यार्थी राजनीति बाट प्रवेशी गरेकी खत्री हाल पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् । पार्टी भित्र लगनशील, मिहिनेती, पार्टी चलायमान बनाउन खत्रीको परिवारको ठुलो हात रहेको यहाँका राजनीतिक विज्ञहरुको भनाई छ । नेकपा भित्र बारम्वार हुने फुट र विभाजनलाई सधैका लागि समाप्त पारी एक शसक्त, जिम्मेवारपूर्ण र जनताप्रति जवाफदेही बलियो पार्टी बनाउन, जनताको बहुदलीय जनवादले परिकल्पना गरेको समाजवादी व्यवस्थाको निर्माण गर्न, पीछडिएको क्षेत्रमा विकास गर्न पार्टी भित्र र सत्ता संग निरन्तर संघर्ष गर्न, महिला र पुरुष भित्रको लैगिक विभेदलाई अन्त्य गर्न लगायतका कामहरु गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको घोषणा गरेकी छन् । आम प्रतिनिधीहरु संग भोट गरेर सहयोग गर्न आग्रह समेत गरेकी छन् ।
को हुन चन्द्रप्रकाश घर्ती ?
नेपाल कम्युनिष्ट पार्टी ( एमाले)का यूवा नेता चन्द्रप्रकाश घर्ती (सिपी) ले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । घर्तीले चितवनमा हुने पार्टीको १० औं महाधिवेशनमा आफुले आदीवासी जनजाती खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदरवारी दिने घोषणा गरेका हुन् ।

नेपाली राजनीतिमा यूवा सहभागिता, जनआधारित विशाल पार्टी र समृद्ध राष्ट्र निर्माणमा आफ्नो प्रतिवद्धता व्यक्त गर्दै यूवा नेता घर्तीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय कमिटीको विदेश विभाग प्रमुख भएर काम गरिरहेका घर्ती यूवा विद्यार्थीहरुमा निकै लोकप्रिय नेताका रुपमा परिचित छन् ।

हाल उनी एमाले जिल्ला कमिटी जाजरकोटको सचिव, पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य र भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख हुन् । खेलकुद क्षेत्रमा समेत निकै सक्रिय घर्ती नेपाल गोजुरीयो कराँते दो संघका केन्द्रिय अध्यक्ष र एशियन कराते महासंघका रेफ्री हुन् ।

पार्टी भित्र तल्लो तहमा लामो समय देखि काम गरिरहेको बताउँदै उनले यसपाली मलाई पार्टीको केन्द्रीय जिम्मेवारीमा समावेश गराउन सहयोग गर्न सबै प्रतिनिधीहरु संग आग्रह गरे ।

तपाईको प्रतिक्रिया