भन्सार छली ल्याएका मोटरसाईकल प्रहरीको नियन्त्रणमा

May be an image of 1 person, motorcycle and outdoors

खलंगा । भन्सार छली ल्याएका तीन मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट विभिन्न मितीमा खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका मोटरसाईकलहरु विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

May be an image of 1 person, motorcycle and outdoors

भे. २ प ३०९७ नम्बर भएको सि.सि.को रातो कालो रङ्गको पल्सर मो.सा., भे.६ प २५१५ नम्बर उल्लेख भएको १६० सि.सि. को सेतो रङ्गको आर टि आर. मो.सा. र भे ४ प ७८५३ नम्बर भएको १५० सि.सि.को रातो कालो रङ्गको पल्सर मो.सा प्रहरी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया