जातीय विभेदका विरुद्ध विद्यालयमा प्रहरी !

No description available.
खलंगा । जिल्ला प्रहरी कार्यालय जाजरकोटले यहाँका सामुदायिक विद्यालयमा जातीय विभेदका विरुद्ध सचेतिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । जाजरकोटका ग्रामीण क्षेत्रमा व्याप्त रहेको जातीय विभेदका विरुद्ध प्रहरीले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो ।

सोही कार्यक्रम अन्र्तगत जिल्लाको नलगाड नगरपालिका ४ स्थित भानुभक्त माद्यामिक विद्यालयमा जातीय भेदभाव तथा छुवाछूत र बोक्सी प्रथा नियन्त्रणका लागि कानुनी व्यवस्था सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रमुख डिएस्पी मधुकुमार थापाले भने, ‘कोरोना महामारीका कारण गत वर्ष तय गरिएका कार्यक्रम स्थिगित भए, अहिले विस्तारै कोरोनाको प्रभाव कम हुदैछ, स्वास्थ्यका मापदण्ड पालना गरी जिल्लामा विकृति, विसंगति, लागुऔषध, चोरी निकासी लगायतका विषयमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।’

तपाईको प्रतिक्रिया