खलंगा । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) जाजरकोटले सात वटै स्थानीय तहका अध्यक्ष निर्वाचित गरेको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार सात वटै पालिकाको गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको हो ।
संघीयता आए संगै भएको पहिलो अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको नेकपा ( एमाले) जाजरकोटका नेता गोपाल नेपालीले जानकारी दिए ।
उनका अनुसार जुनीचाँदे गाउँ कमिटि अध्यक्षमा कृष्णबहादुर शाह, भेरी नगरकमिटि अध्यक्षमा गौरीबहादुर कार्की, नलगाड नगर कमिटि अध्यक्षमा जनकबहादुर शाही, बारेकोट गाउँ कमिटि अध्यक्ष भक्तबहादुर बस्नेत, शिवालय गाउँ कमिटि अध्यक्ष रंगनाथ योगि, कुशे गाउँ कमिटि अध्यक्ष जयबहादुर विक, छेडागाड नगर कमिटि अध्यक्ष गणेशबहादुर थापा रहेका छन् ।
नेकपा( एमाले) जाजरकोटले ७७ वटा वडा र सात स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको एमाले जाजरकोटले जनाएको छ ।
















































। १७ कार्तिक २०७८, बुधबार