५६ हजार नगद सहित सल्यान गजल पुरस्कार बाबु त्रिपाठीलाई !

May be an image of 1 person and standing
खलंगा । नेपाली गजलको विकासमा भूमिका खेलेको भन्दै ५६ हजार ६ सय ५६ रुपैयाँ नगद सहितको सल्यान गजल पुरस्कार गजलकार बाबु त्रिपाठीलाई प्रदान गरिने भएको छ । ‘हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान’ भन्ने नाराका साथ कला र साहित्यका क्षेत्रमा सक्रिय सल्यान कला साहित्य परिषद् सल्यानले सो पुरस्कार प्रदान गर्ने भएको हो । संस्थाका संस्थापक लोकेश जलनले दिएको जानकारी अनुसार सल्यान कला साहित्य परिषद्को चौथो वार्षिकोत्सबको अवसरमा साहित्यकार सहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने विभित्र क्षेत्रका व्यक्तिहरुलाई पनि सम्मान गर्ने भएको छ ।

वार्षिकोत्सवको अवसरमा रोमु अधिकारी, खगेन्द्र अधिकारी ‘अमृत’, सुनिल अधिकारी, पुर्ण समिर महतारा, अम्बिका कार्की, निरन्जना चन्द ’निरु’ लाई सम्मान गर्ने कार्यक्रम रहेको जलनले बताए ।

संस्थाले सल्यान तेस्रो गजल महफिल शृङ्खलासम्मका वाचकहरुलाई पनि सम्मान गर्ने भएको छ । जसमा गजलकार पुष्प अधिकारी ’अञ्जली’ (सल्यान पहिलो गजल महफिल वाचक ), गजलकार कृष्ण बिरही (सल्यान दोस्रो गजल महफिल वाचक) र गजलकार हुकुम धड्कन (सल्यान तेस्रो गजल महफिल वाचक) रहनु भएको छ ।

नेपाली भाषा, कला र साहित्यलाई विभिन्न सञ्चार माध्यममा स्थान दिएर त्यसको विकास र विस्तारमा लाग्नुहुने पत्रकारहरुलाई पनि सम्मान गर्ने संस्थाले जनाएको छ । जसमा रमेश गौतम, प्रतीक इच्छुक शर्मा, नविन पौडेल, डिल्लीराज रावत, गोविन्द शर्मा, योगराज विश्वकर्मा, मिना बुढाथोकी, खगेन्द्र के सी, सरिता चलाउने र एच.पि मगर रहनुभएको छ भने खेलाडीहरुपनि सम्मानित हुने कार्यक्रम रहेको छ । जसमा मुना श्रेष्ठ र सबिन हमाल रहनु भएको छ भने समाजसेवीको रुपमा धुर्बराज ओलीलाई सम्मानित गर्न लागिएको छ ।

विश्वमा फैलिएको कोरोना महामारीको समयमा नागरिकहरुको स्वास्थ्यलाई बचाउनका लागि विशेष योगदान दिनुहुने स्वास्थ्यकर्मीमा डा.देवेन्द्र आचार्य र भिम रोकालाई समेत सम्मानित गरिने अध्यक्ष जलनले बताए । कार्यक्रम यही मंसिर १२ गते सल्यानको खलंगामा हुनेछ ।

तपाईको प्रतिक्रिया