कुदुमा जारी नगर स्तरीय फुलबल प्रतियोगिता : शुक्रबार (आज) चार खेल

No description available.
खलंगा । कुदुमा जारी भेरी नगर स्तरीय फुटबल प्रतियोगितामा आज ( शुक्रबार) चार खेल भएका छन् । पहिलो खेलमा ड्रेगन युवा क्लव कुदु र डाईनोश्वर युवा क्लव कुदु वीच भएको खेलमा दुवैले निर्धारित समयमा गोल गर्न नसक्दा ०–० मा अंक बाँडेका छन् ।

दोस्रो खेलमा बारेला स्पोर्टस क्लव र शिवनगर युवा क्लब वीच खेलको भएको थियो । जसमा कालागाउँलाई बारेलाले ४ – १ गोलले पराजित गरेको छ ।तेस्रो खेलमा कालिका मालिका फुटबल क्लब खलंगाले डाईनोश्वर युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै ग्रुप बिजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ । डाईनोश्वर यूवा क्लव फेयर प्लेकाे कारण बाहिरिएको छ ।

आजै भएको अर्को खेलमा बारेला स्पोर्टस क्लवले कुदुबजार लाई १–० ले पराजित गरेको छ । भोली ( शनिवार) सेमिफाइनलका खेलहरु सञ्चालन हुने भएका छन् । पहिलो खेल ड्रेगन युवा क्लव कुदु र बारेला स्पोर्टस क्लव वीच हुनेछ । यस्तै दोस्रो खेल कालिका मालिका फुटबल क्लव र कुदुबजार वीच खेल हुनेछ । विहान ८ बजे बाट सुरु हुने आयोजक टीमका सदस्य सौगात आचार्यले जानकारी दिए ।

No description available.

तपाईको प्रतिक्रिया