
खलंगा । जिल्लाको नलगाड नगरपालिकामा त्रिवेणी गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । त्रिवेणी यूवा क्लवको आयोजना र नलगाड नगरपालिकाको सह आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो ।
नगरप्रमुख टेकबहादुर रावलद्धारा असोज २१ गते प्रतियोगिताको औपचारिक उद्धघाटन गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार कप, मेडल र प्रमाण पत्र र द्धितियलाई ३५ हजार कप, मेडल र प्रमाण पत्र पाउनेछन् । प्रतियोगितामा कति टिमले सहभागिता जनाएका छन् ? भन्ने प्रश्नमा फोन सम्पर्क हुन सकेन ।

















































। २२ आश्विन २०७८, शुक्रबार