
राजनीति एक आमूल परिवर्तन को संवाहक हो । सदियौ कालखण्डदेखि चलिआएको यो ब्यवस्थाले समय र समाज को परिवर्तन सङ्गै विबिध रूप धारण गर्दै आइरहेको छ । नेपाल नामक एउटा छुट्टै पहिचान संंगालेको मुलुकमा गोपाल बंशावलीको शासकीय प्रणालीको प्रारम्भपश्चात् नितीगत कथनहरुको बढवा दिनका लागि प्रयासको जग निर्माण भयो ।
त्यस यता विभिन्न बंशावलीहरुले क्षेत्रगत रुपमा आ–आफुलाई स्थापित गरि राजनीतिक शासन प्रणालीलाई अंगालेरै भएपनि राजनीतिक उत्खननको बाटोमा ग्राभेल गर्दै आइरहे । दासप्रथा र सतिप्रथा जस्ता पुरातन समयदेखी जड गाडिरहेका कुसंस्कारहरुको निर्मुलको प्रयासका साथ अन्त्य त भयो ? तथापि नेपाली समाजमा व्याप्त अन्य कुरितीहरुको जन्म भैरह्यो । त्यस क्षण शैक्षिक चेतनाको बिकासले आम नेपाली जनमानसमा जागरुकताको भाव पैदा हुनथाल्यो ।
ब्याप्त एकतान्तृक शासकीय प्रणालीलाई चिरा पारी राज्यसत्तालाई नैतिकताको उपजका लागि प्रजातान्त्रिकरणको रुप पहिर्याउन संघर्षशील आन्दोलनहरु चलिरहे र केही सपुतहरुले आफ्नो ज्यानको आहुदी दिएर परिणाम स्वरुप एकाइसौं शताब्दीको सुरुवातमै प्रजातन्त्रको थालनी भयो । साँघुरिएर रहेको अर्थतन्त्रलाई मलजल गर्दै शिक्षा,स्वास्थ्य,यातायात,संचार र बैंकिङ क्षेत्रमा क्रमिक सुधार आउन थाल्यो।
समयको परिवर्तनसङ्गै प्रजातान्त्रिक ब्यबस्थाले जनआन्दोलनका आवाजलाई समर्थन गर्दै लोकतन्त्र र गणतन्त्रको संज्ञा लियो।हरेक क्षेत्रलाई समेट्न संबैधानिक ब्यबस्था गरियो । राष्ट्र र राष्ट्रियताका साथ भौगोलिक संरचनालाई एकत्रित गरि मौलिक हक र अधिकार दिलाइयो।आत्मनिर्भरका लागि प्रशासनिक क्षेत्रको सुधारका साथ रोजगारीका अबसरहरु पनि सिर्जना हुन थाले ।
यो एक हौसल्लित क्षण हुन जान्छ ।
तर पनि नाताबाद कृपाबाद जस्ता अमानवीयताको पराकाष्ठाले सकारात्मक परिवर्तनको रुप बिडम्बना लिन नसकिरहनु दुर्भाग्यपूर्ण क्षण हो।कयौं नितीगत योजनाहरु बनिरहदा पनि कार्यान्वयनको पाटोमा लम्किन सकिरहेको छैन् ।
दलीय ब्यबस्थाले झन उथलपुथल पारिदिएको छ।सुशासन र शान्ती अमनचयनका नाउमा राजनीतिलाई गलत परिभाषित दिलाई खोक्रो राष्ट्रबादका नाराहरु घन्किरहेका छन् । छिमेकीहरुको रमिताको उपज भएको छ । राष्ट्रिय मेलमिलाप र छिमेकीसङ्गको दौत्य सम्बन्ध कायम हुन सकिरहेको अबस्था छैन ।
यसकारण आपसी सम्बन्धलाई मजबुत गरि दृढ संकल्पका साथ अडिग रही राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक र बाताबरणीयजस्ता यावत क्षेत्रमा ग्राभेल गरिएको पाटोलाई खहरेले नभत्काउने वा नबगाउने गरि पिज गर्न सकिएमा समुन्नत बिकास हुन्छ । तथापि संकटको भुमरीमा नजेलिएला भन्न सकिदैन् ।
















































। २० आश्विन २०७८, बुधबार