
खलंगा । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) यति वेला जाजरकोटमा गाउँ तथा नगर कमिटी निर्माणमा जुटिरहेको छ । सोही अनुरुप भेरी र छेडागाड नगरपालिकामा कमिटी निर्माण गरेको छ ।
पार्टीका पोलिटव्युरो सदस्य लगायतका नेताहरुको उपस्थितिमा कमिटी निर्माण गरिएको छ । भेरी नगरपालिकामा मोहन खड्काको अध्यक्षतामा ५१ सदस्सीय नगर कमिटी निर्माण गरिएको छ ।
जसको उपाध्यक्षमा जयबहादुर खत्री, सचिवमा गणेशबहादुर शाही र उपसचिवमा रमिता चन्द श्रेष्ठ रहेका छन् । यस्तै छेडागाड नगरपालिकामा गणेशप्रसाद जैसीको अध्यक्षतामा ५२ सदस्सीय नगर कमिटी निर्माण गरिएको छ ।
जसको उपाध्यक्षमा कमला नेपाली, सचिवमा भक्ति जैसी, सह सचिवमा टेकबहादुर खत्री मनोनित भएको नेकपा (एकीकृत समाजवादी) जाजरकोटले जनाएको छ ।
















































। २० आश्विन २०७८, बुधबार