ग्रामीण समाजद्धारा स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

No description available.
खलंगा । जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई ग्रामीण समाज नेपाल जाजरकोटले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । टि.डि. एच जर्मनी÷डिए.सिच.एई.आरको आर्थिक सहयोगमा ग्रामीण समाज जाजरकोटद्धारा सञ्चालित कोभिड १९ रिलिफ र रिस्पोन्ज प्रोजेक्ट( कोभिड १९ राहत र प्रतिक्रिया परियोजना मार्फत स्वास्थ्य सामग्री वितरण गरिएको ग्रामीण समाज जाजरकोटका अध्यक्ष खीमबहादुर शाहीले जानकारी दिए ।

No description available.

उनका अनुसार, स्वास्थ्य सेवा कार्यालयलाई २० वटा अक्सिजन सिलिण्डर र १० वटा रेगुलेटर हस्तान्तरण गरिएको छ । वितरण गरिएको स्वास्थ्य सामग्री ५ लाख भन्दा बढी मुल्यको रहेको शाहीले बताए ।

आईतबार जिल्ला स्वास्थ्य सेवा कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख डाक्टर अमिन शाहले अक्सिजन सिलिण्डर र रेगुलेटर सहयोग गरेकोमा ग्रामीण समाजलाई धन्यवाद व्यक्त गरे ।

कोरोना भाईरस नियन्त्रणमा यसले पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया