कर्णालीमा २२ प्रतिशतले पाए पूर्ण खोप

unn.prixa.net
सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्म २२ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । गत वर्षको माघबाट सञ्चालन भएको खोप अभियानअन्तर्गत अहिलेसम्म २ लाख ४१ हजार २ सय ४९ जनाले पूर्ण खोप लगाएका हुन् ।

कर्णाली प्रदेशमा करिब १८ लाख २४ हजार जनसख्या छ । त्यसमध्ये १८ वर्षमाथिका १० लाख ९४ हजार ४५ जना छन् । पूर्ण खोप लगाउनेमध्ये सबैभन्दा बढी सुर्खेतमा ७७ हजार १५ जनाले पूर्ण खोप लगाएका छन ।

त्यस्तै, सल्यानमा ३३ हजार २१, रुकुम पश्चिममा २९ हजार ५५, जुम्लामा २१ हजार ६४, दैलेखमा ३२ हजार ३ सय ७६ र कालीकोटमा १५ हजार १ सय ८ जनाले पूर्ण खोप पाएका छन् । जाजरकोटमा ११ हजार ७ सय ९, हुम्लामा ६ हजार ८ सय ५३, मुगुमा ९ हजार ६ सय ८ र डोल्पाका ६ हजार ६ सय ३३ जनाले खोप लगाएका छन्।

३३ प्रतिशतलाई पहिलो डोज

प्रदेशभरि झन्डै ३३ प्रतिशतले पहिलो डोज मात्र लगाएका छन् । पहिलो डोज लागउनेमा डोल्पामा १० हजार १ सय, मुगुका १७ हजार ८ सय, हुम्लामा १२ हजार ९ सय, जुम्लामा २६ हजार २ सय, र कालिकोटका २० हजार ८ सयले पहिलो खोप लगाएका छन् ।

दैलेखमा ५४ हजार २ सय, जाजरकोटमा १९ हजार ५ सय, रुकुम पश्चिममा ३३ हजार ४ सय, सल्यानमा ४३ हजार ८ सय र सुर्खेतका १ लाख २२ हजार ८ सयजनाले पहिलो डोज लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले १८ वर्ष उमेर समूहका १० लाख ९४ हजार ४ सय ७९ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले ८ लाख ५३ हजार २ सय ३० जनाले पूर्ण खोप लगाउन बाँकी रहेको बताए ।

तपाईको प्रतिक्रिया