नेपाल दलित मुक्ति मोर्चा कर्णालीको अध्यक्षमा शान्ता, ईन्चार्जमा कामी


खलंगा । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा कर्णालीको अध्यक्षमा पार्वती विक (शान्ता) मनोनित हुनुभएको छ । मोर्चाको असोज ११÷१२ गते काठमाण्डौमा बसेको केन्द्रिय समितीको वैठक बाट उहाँलाई प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी दिईएको हो ।

माओवादी जनयुद्धको समय देखि निकै सक्रिय शान्ता कर्णालीमा महिला नेतृको रुपमा समेत परिचित हुनुहुन्छ । विभिन्न लैगिंक, विभेद तथा कुसंस्कारका विरुद्ध तथा दलित आन्दोलनमा अग्र मोर्चामा रहेर काम गरिरहनुभएकी शान्ता माओवादी केन्द्र भित्र कर्णालीमा एक अब्बल महिला नेतृको रुपमा समेत परिचित हुनुहुन्छ ।

जाजरकोटको भेरी नगरपालिकाको भुरमा जन्मिनुभएकी उहाँ समाजसेवा संगै जनताका विभिन्न समस्या खटिरहनुभएको छ ।
यस्तै, नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेशको इन्चार्जमा रुकुम बाट निर्वाचित प्रदेश कमिटी सदस्य रातो कामीलाई मनोनित गरिएको छ । उहाँ पनि विभिन्न दलित आन्दोलन मात्रै नभई माओवादी केन्द्रले थालेको जनयुद्धमा समेत अग्र पंक्तिमा रहेर काम गरिरहनु भएका नेतामा रुपमा चिनिनुहुन्छ ।

तपाईको प्रतिक्रिया