अवैध एकनाले भरुवा बन्दुक सहित एक जना पक्राउ

May be an image of 1 person, standing and outdoorsखलंगा । अवैध एक नाले भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बारेकोट गाउँपालिका ३ पछ्यौरी बस्ने ४३ बर्षका भक्तबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध भरुवा बन्दुक आफ्नो घरमा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बारेकोट बाट खटिए प्रहरी टोलीले उनको घर रितपूर्वक खानतलासी गर्दा निजको घरको पश्चिमतर्फ कोठाको भुईमा राखेको एकनाले भरुवा बन्दुक फेला पारी रितपुर्वक बरामद गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया